२०८३ कार्तिक २२ गते शनिवार

सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्छ : गगन थापा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत ५
gagan_thapa

काठमाडौँ- नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि पनि छानबिन गर्नुपर्ने बताएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद थापाले पोखराको सूर्यदर्शन सहकारीको सदस्य नै नभएपनि गृहमन्त्री रवि लामिछानेले गैरकानुनी रूपमा एक करोड रुपैयाँ लिएको आरोप लागेकाले यसमा छानबिन हुनुपर्ने बताएका हुन्।

रवि लामिछानेले ‘आफूले पैसा लिएको छैन र आफू सहकारीको सदस्य होइन’ भनेको भरले उन्मुक्ति पाए अर्बौं रुपैयाँ ठग्ने अरु सय जनाले पनि उन्मुक्ति पाउने उनको भनाइ छ।

लामिछाने र सूर्यदर्शन सहकारीमाथि अनुन्धान नगर्ने हो भने अन्य धेरै सहकारीलाई पनि छोड्नुपर्ने भएकाले सबैलाई छानबिनको दायरामा ल्याउन माग गरेका हुन्।

गृहमन्त्रीमाथि प्रहरीले अनुसन्धान गर्ने कुरामा उनले आशंका व्यक्त गरे। उनले यो प्रकरणको सम्बन्धमा प्रहरीको जवाफको माग गरे।

यस्तो छ थापाको भनाइ
सहकारी ठगी प्रकरणमा गृहमन्त्री आफै मुछिनुभएको छ। अब यसको निष्पक्ष छानबिन हुन्छ भनेर हामीले कसरी विश्वास गर्ने ? प्रहरीले अनुसन्धान गर्दा त शक्तिशाली नेताहरूलाई नछुने रहेछ। जीवी राई, दीपेश पुनसहितको समूहले अर्बौँ अपचलन गरेको छ त्यसमध्येको सबैभन्दा धेरै पैसा ग्यालेक्सी टेलिभिजनमा गएको रहेछ।

मैले थाहा पाएसम्म अझै धेरै शक्तिशाली नेताहरूको नाम आउँछ। राम्रोसँग अनुसन्धान हुने हो भने। त्यसैले अनुसन्धान नियमित ढंगले प्रहरीले गर्न सक्छ भनेर हामीले कसरी पत्याउनेरु सहकारी ठगीमा कुनै एउटा प्रमाण नास नहोस्। अहिले प्रमाणहरू प्रहरीसँगै छ। पीडितहरूले जम्मा गरेर दिएका छन्। जो मुछिएको छ त्यसले अनुसन्धान गर्छ भनेर कसरी पत्याउने ? प्रधानमन्त्रीबाट हामीलाई जवाफ चाहिएको छ। हामीलाई ओठे जवाफ होइन। जिम्मेवारी बोधसहितको चाहिन्छ।

म गृहमन्त्रीलाई पनि आग्रह गर्न चाहन्छु यसलाई टुंग्याउन दिऔँ। दूधको दूध पानीको पनि हुन दिऔँ। नखाएको विष लाग्न हुँदैन। त्यसको पीडा मैले पनि भोगेको छु। यदि विष नखाएको छ भने लाग्न हुँदैन। हामी कसैले पनि न्यायाधीश बनेर त दोषी भन्न हुँदैन।

पोखराको सूर्यदर्शन सहकारी करिब १९ हजार मानिसको १ अर्ब ३५ करोडभन्दा बढी पैसा अपचलनमा परेको छ। पोखरा महानगरपालिकाले अध्ययन गर्यो। अध्ययनको ८९ पेजको रिपोर्ट निकाल्यो। रिपोर्टले भन्यो सय जना मानिसहरुले नक्कली खाता खोलेर करिव १ अर्ब ३५ करोड रुपैयाँ अपचलन गरेका छन्।त्यो रिपोर्टको ७८ औँ पृष्ठमा के भन्छ भने यसरी नक्कली खाता खोल्ने मानिसहरु मध्येको एउटा नाम हो रवि लामिछाने।

माननीय गृहमन्त्री रवि लामिछाने माननीय हुनुहुन्छ। भोलि प्रधानमन्त्री बन्नुहोला। शुभकामना छ, बन्न पनि सक्नुहुन्छ। अलग विषय हो। तर रवि लामिछानेले एक करोड रुपैयाँ लिनुभएको छ। सहकारीको सदस्य हुनुहुन्न। हाम्रो कानुनको दफा ५० ले भन्छ यो गैरकानूनी छ।

मैले उहाँको स्पष्टिकरण सुनेँ। ३ मिनेट २० सेकेण्डको थियो। मैले राम्रो सँग सुनेँ, पढेँ पनि। स्पष्टीकरणमा भनिएको छ, कसैले मेरो नाम लग्यो होला मलाई थाहा छैन। सहकारीको सदस्य होइन, कसैले मेरो नाम लग्यो होला। यदि यस्तै मान्ने हो भने सय जना नै मानिसहरुले एक अर्ब रुपैयाँ लगेको प्रकृति ठ्याक्कै यही हो। कसैको धितो छैन। कोही सहकारीको सदस्य होइन। कुनै प्रक्रिया पुर्या‍इएको छैन। एक अर्ब झ्वाम्म।

यसरी छोड्दिने हो भने एकजनालाई मात्रै छोडेर हुँदैन अब। सबैलाई छोड्नुपर्छ। एउटा सहकारीको मात्र छोडेर हुँदैन, सबै सहकारीलाई छोड्नुपर्छ। सरकार यही गर्न तयार हो ? मेरो प्रधानमन्त्रीलाई प्रश्न छ।

प्रकाशित: २०८० चैत ५ गते सोमबार १२:३८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना