काठमाडौँ- गृहमन्त्री रवि लामिछानेको बचाउनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले दिएको अभिव्यक्तिप्रति कांग्रेसले असन्तुष्टि व्यक्त गरेको छ।
प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहकारी प्रकरणमा लामिछाने नजोडिएको जिकिर गर्दै जवाफ दिएका थिए।
लामिछाने दोषी नभएको सरकारी संयन्त्रले जानकारी दिएको प्रधानमन्त्रीले बताएका थिए।
बैठकमा कांग्रेस प्रमुख सचेतक रमेश लेखकले लामिछानेलाई पीडक मान्दै प्रधानमन्त्रीलाई पोखरामा नै पीडितले गरेको भेटेको स्मरण गरेका छन्।
प्रधानमन्त्रीले लामिछाने दोषी भएको प्रमाण नभएको बताए पनि लेखकले पर्याप्त प्रमाण भएको बताए।


