काठमाडौँ- बारबरा फाउन्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार २०८१ प्रदान गर्ने भएको छ। हरेक २ वर्षको अन्तरमा प्रदान गरिने यस पुरस्कारको कुल धनराशी २५ लाख रुपैयाँको रहेको छ।
२०७९ वैशाखदेखि २०८० चैतसम्म २४ महिनाभित्रमा प्रकाशन र प्रसारण भइसकेका अनुसन्धानमूलक समाचार र सामग्रीले यस प्रतिस्पर्धामा भाग लिन पाउने फाउन्डेसनले जनाएको छ। प्रतिस्पर्धामा भाग लिन यहाँ क्लिक गरी फारम भर्न सकिनेछ।
उक्त पुरस्कार पहिलो हुनेलाई १५ लाख , दोस्रो हुनेलाई ७ लाख र तेस्रो हुनेलाई ३ लाख प्रदान गरिनेछ।
पुरस्कारको घोषणा आउँदो वैशाख २१ मा गरिनेछ। प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित र प्रसारित हुनुपर्ने फाउन्डेसनले जनाएको छ।


