काठमाडौँ- नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड राखेको छ। तोलामा २ हजार एक सय रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३० हजार रुपैयाँ तोकिएको छ।
बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्यमा एक १ हजार ५२५ निर्धारण गरिएको छ।


