काठमाडौँ- सर्वोच्च अदालतले न्यायाधीश भुवन गिरीलाई थुनामा पठाउन आदेश दिएको छ।
न्यायाधीशहरु हरि फूयाल र तिलप्रसाद श्रेष्ठको इजलासले जिल्ला अदालत र उच्च अदालतको आदेश बदर गर्दै न्यायाधीश गिरीलाई थुनामा पठाउन आदेश दिएको हो।
वैवाहिक बलात्कारका अभियुक्त न्यायाधीश गिरीलाई जिल्ला अदालत काठमाडौँ र पाटन उच्च अदालतले धरौटीमा छाड्न आदेश दिएका थिए।
न्यायाधीश गिरीकी पत्नीले आफूमाथि बलात्कार भएको भन्दै जाहेरी दिएकी थिइन्।
त्यसपछि प्रहरीले जिल्ला न्यायाधीश गिरीलाई पक्राउ गरी अनुसन्धान गरेको थियो।
मुद्दा दायर भएपछि न्यायाधीश गिरी निलम्बनमा छन्।


