काठमाडौँ– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रमुखमा जगन्नाथ निरौला सरुवा भएका छन्।
यसअघि नेपाल नागरिक उड्डयन प्राधिकरणको कर्पोरेट निर्देशनालय प्रमुख रहेका निरौलालाई काठमाडौं विमानस्थल प्रमुख बनाएर पठाइएको हो।
प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार अहिले विमानस्थल प्रमुख रहेका प्रतापबाबु तिवारीलाई भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख बनाइएको छ।
अहिले भैरहवा विमानस्थल प्रमुख हंसराज पाण्डेको भने प्राधिकरण मुख्यालय सरुवा भएको छ। उनलाई कर्पोरेट विभाग प्रमुख बनाइएको छ।
‘१२औं तहको दरबन्दी रहेका स्थानमा नियमित सरुवाका क्रममा महानिर्देशक स्तरीय निर्णयबाट यो फेरबदल भएको हो,’ उनले भने।


