काठमाडौँ– नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)का दुई वटा वाइडबडी विमान खरिदमा झन्डै डेढ अर्ब भ्रष्टाचार भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
वाइडबडी खरिदमा १ अर्ब ४७ करोड रुपैयाँ भ्रष्टाचार भएको आरोप लगाउँदै आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दायर गरेको हो।
अख्तियारले तत्कालीन पर्यटनमन्त्री जीवनबहादुर शाही, नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगत कंसाकार, पर्यटन सचिव शंकर अधिकारीसहित ३२ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको हो।
शाही कर्णालीमा कांग्रेस संसदीय दलका नेता हुन्। तत्कालीन पर्यटनमन्त्री शाही संघीयता कार्यान्वयनपछि मुख्यमन्त्रीसमेत भएका थिए।


