२०८३ कार्तिक २२ गते शनिवार

अर्थतन्त्रको बाह्य क्षेत्रमा सुधार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २३
nrb2

काठमाडौँ – आर्थिक मन्दीको हल्लाले आन्तरिक बजारमा समस्या भएका बेला बाह्य बजार भने निरन्तर सुधारोन्मुख रहेको राष्ट्र बैंकको तथ्याङ्कले देखाएको छ। राष्ट्र बैंकका अनुसार सोधनान्तर स्थिति निरन्तर बचतमा रहेको छ भने विदेशी मुद्राको सञ्चिति पनि बढिरहेको छ।

चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चालु खाता एक खर्ब ६६ अर्ब ८७ करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता ५५ अर्ब २८ करोड रुपियाँले घाटामा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ४२ करोड ९३ लाखले घाटामा रहेको चालु खाता समीक्षा अवधिमा एक अर्ब २५ करोडले बचतमा रहेको छ।

समीक्षा अवधिमा शोधनान्तर स्थिति तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर स्थिति एक खर्ब ४२ अर्ब रुपियाँले बचतमा रहेको थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा एक अर्ब आठ करोडले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा दुई अर्ब ४६ करोडले बचतमा रहेको छ।

चालु आव २०८०/८१ को आठ महिनामा नौ खर्ब ६१ अर्ब २२ करोड रुपियाँ रेमिट्यान्स भित्रिएको छ। रेमिट्यान्स आप्रवाह २१ प्रतिशतले वृद्धि हो। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २५.३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह १८.८ प्रतिशतले वृद्धि भई सात अर्ब २४ करोड पुगेको छ। अघिल्लो वर्ष यस्तो आप्रवाह १४.८ प्रतिशतले बढेको थियो।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत नयाँ) लिने नेपालीको सङ्ख्या दुुई लाख ८६ हजार ९३२ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या एक लाख ८४ हजार २७८ रहेको छ।

चालु आर्थिक वर्षको असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड रुपियाँ बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २१.७ प्रतिशतले बढेर फागुन मसान्तमा १८ खर्ब ७२ अर्ब ८२ करोड रुपियाँ पुगेको छ। जसले १४.८ महिनाको वस्तु आयात र १२.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिएको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७१ करोड रहेकामा फागुनमा २०.८ प्रतिशतले वृद्धि भई १४ अर्ब १४ करोड पुगेको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैङ्कमा रहेको सञ्चिति गत असारमा १३ खर्ब ४५ अर्ब ७८ करोड रुपियाँ रहेकामा फागुनमा २२.२ प्रतिशतले वृद्धि भई १६ खर्ब ४४ अर्ब छ करोड रुपियाँ पुगेको छ।

बैङ्क तथा वित्तीय संस्थासँग रहेको विदेशी विनिमय सञ्चिति असारमा एक खर्ब ९३ अर्ब ५९ करोड रहेकामा फागुनमा १८.२ प्रतिशतले वृद्धि भई दुई खर्ब २८ अर्ब ७६ करोड कायम भएको छ। फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत रहेको छ।

चालु आर्थिक वर्षको आठ महिनामा विस्तृत मुद्राप्रदाय ७.७ प्रतिशतले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा विस्तृत मुद्राप्रदाय ५.१ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा फागुनमा विस्तृत मुद्राप्रदाय १४ प्रतिशतले बढेको छ।

समीक्षा अवधिमा खुद वैदेशिक सम्पत्ति (विदेशी विनिमय मूल्याङ्कन नाफा–नोक्सान समायोजित) तीन खर्ब २७ अर्ब ५५ करोड रुपियाँ (२२.५ प्रतिशत) ले बढेको छ। अघिल्लो वर्षको सोही अवधिमा उक्त सम्पत्ति एक खर्ब ४२ अर्ब एक करोड रुपियाँ (१२.३ प्रतिशत) ले बढेको थियो।

समीक्षा अवधिमा सञ्चित मुद्रा १.७ प्रतिशतले घटेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रा ०.८ प्रतिशतले बढेको थियो। वार्षिक बिन्दुगत आधारमा फागुनमा सञ्चित मुद्रा ७.६ प्रतिशतले बढेको छ।

प्रकाशित: २०८० चैत २३ गते शुक्रबार ०७:१८
प्रतिक्रिया

थप समाचार

भारु बलियो हुँदा डलर बन्यो कमजोर, नेपाली रुपैयाँमा भयो मजवुत

भारतीय रुपैयाँ (भारु) बलियो हुँदा डलर कमजोर भएको हो। १ डलरबराबर ९४ भारु कायम भएको छ। यसअघि ९७ भारुसम्म पुगेको थियो।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...

 पूर्वाधारमा राज्यको बजेटले मात्रै पुग्दैन, निजी पुँजीलाई बढाउँछौँ: अर्थमन्त्री

काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले सुशासन, कानुनी सुधार, पूर्वाधार विकास र निजी क्षेत्रको लगानी विस्तारलाई सँगसँगै अघि बढाउने बताएका छन्। बिहीबार नेपाल इन्फ्रास्ट्रक्चर समिट, २०२६...

२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने? बनाइँदैछ ‘नेपाल डेभलपमेन्ट भिजन’

उनले भने, ‘२५ वर्षमा नेपाललाई कहाँ पुर्‍याउने भन्ने नेपाल डेभलपमेन्ट भिजनको एउटा अभ्यास गरौँ भनेर हामी लागिरहेको छौँ। र त्यसमा पनि निजी क्षेत्रको, अरू प्रबुद्ध वर्गको एउटा महत्त्वपूर्ण सहभागिता...

विद्युत् व्यापार गर्न १५ कम्पनीको आवेदन, ११ ले पाए आशयपत्र

सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको ढोका खोलेको छ। ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले निजी कम्पनीहरूलाई धमाधम आशयपत्र (एलओआई) दिन थालेको छ।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
lokraj
व्यक्तित्व

लोक बुझिरहेका लोकराज: १ रुपैयाँको भुक्तानीदेखि अर्बौँको कारोबारसम्म

म आफ्ना कर्मचारीलाई कम्पनीको सीईओलाई भन्दा बढी तलब दिने हिम्मत राख्छु। किनकि, मेरो लागि उद्यम भनेको मानिसको श्रम र योगदानको वास्तविक मूल्य चुकाउनु हो। मैले १० हजार मानिसलाई रोजगारी दिने लक्ष्य...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना