पोखरा– गण्डकी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका नेता खगराज अधिकारी नियुक्त भएका छन्।
प्रदेश प्रमुख डिल्लीराज भट्टले संविधानको १६८ को उपधारा २ बमोजिम अधिकारीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
अधिकारीले एमाले, माओवादी केन्द्र र दीपक मनाङेको समर्थनमा आइतबार प्रदेश प्रमुख समक्ष दाबी पेस गरेका थिए।
सभामुखसहितको मतलाई जोडेर पेश गरेको दाबीलाई प्रदेश प्रमुखले स्वीकार गर्दै अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन्।
यस अघि कोशी प्रदेश सरकार गठनमा सभामुखले मत दिएपछि सर्वोच्चले सो सरकार बर्खास्त गरेको नजिरलाई बेवास्ता गर्दै नयाँ मुख्यमन्त्री नियुक्त भएका छन्।
गठबन्धनले गण्डकीमा दोहोर्यायो ‘अवैधानिक कोशी प्रकरण’, एमालेको चरित्र दोहोरो


