काठमाडौँ- सुनको मूल्यले सोमबार पनि नयाँ रेकर्ड बनाएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन तोलामा रु ६ सयले वृद्धि भएको छ।
आइतबार प्रतितोला रु १ लाख ३५ हजार ६ सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु १ लाख ३६ हजार २ सय कायम भएको छ।
तेजाबी सुन तोलामा रु एक लाख ३५ हजार पाँच सय ५० तय भएको छ । आइतबार तेजाबी सुन तोलामा रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्यमा पनि सामान्य वृद्धि भएको छ।
आइतबार तोलामा रु एक हजार छ सय ७० मा कारोबार भएको चाँदी आजका लागि भने रु एक हजार छ सय ८५ निर्धारण भएको छ।


