धादिङ- धादिङको कृष्णभीरमा पूर्वखानेपानीमन्त्री, जनमत पार्टीका उपाध्यक्षसमेत रहेका सांसद अब्दुल खान सवार गाडी दुर्घटनामा परेको छ।
सोमबार बिहान साढे ८ बजे काठमाडौँबाट बर्दिया जाँदै गरेको कार बेनीघाट रोराङ गाउँपालिका-७, कृष्णभीरमा दुर्घटना भएको हो।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक अभय लामाका अनुसार बीएसी २७३५ नम्बरको कार अनियन्त्रित भई सडक छेउमा ठोक्किँदा चार जना घाइते भएका हुन्।
खानको दाहिने हातमा चोट लागेको छ। उनीसँगै कारमा सवार अली उलाह मुसलमान, अनमर खान र चालक आली मनसुरीलाई पनि चोट लागेको छ।
उनीहरूलाई उपचारको लागि मलेखु अस्पताल पठाइएको थियो। उनीहरूलाई काठमाडौं रिफर गरिएको छ।


