काठमाडौँ- सङ्घीय संसद् अन्तर्गत राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहालले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद उल फित्र (ईद)को शुभकामना दिएका छन्।
यस पर्वले हामी सबैलाई त्याग, समर्पण, सहयोग र एकताको भावना पैदा गरी सामाजिक सांस्कृतिक सद्भाव एवं धार्मिक सहिष्णुता कायम गर्न महत्त्वपूर्ण भूमिका खेल्ने समेत उनले शुभकामना सन्देशमा मार्फत बताएका छन्।
ईद उल फित्र (ईद) इस्लाम धर्मावलम्बीको सबैभन्दा ठूलो एवं महत्त्वपूर्ण पर्व हो। यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्त्वपूर्ण अवसरका रूपमा मनाउने गरेको उनले बताए।


