२०८३ कार्तिक २४ गते सोमबार

राजस्व चुहावट रोक्न छोटी भन्सार खुलाउने प्रयास जारी : गृहसचिव अर्याल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २९
eknarayan aryal

वीरगञ्ज, (पर्सा)- गृह मन्त्रालयका सचिव एकनारायण अर्यालले राजस्व चुहावट तथा अवैध भन्सार छली लगायतका गतिविधि रोक्नका लागि छोटी भन्सार खुलाउने तयारी गरिहेको बताए। गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा सम्बोधन गर्दै उनले छिमेकीमुलुक भारतसँग आवश्यक समन्वय गरेर छोटी भन्सार खुलाउन प्रयत्न गर्ने बताए।

गृहसचिव अर्यालले भन्सार क्षेत्रमा हुने अवैध तस्करी तथा ठगीका गतिविधिले प्रशासन संयन्त्रलाई बद्नाम गरिरहेकाले पनि सोतर्फ गम्भीर भएर काम गर्न प्रशासन प्रमुख तथा प्रहरी प्रमुखलाई निर्देशन दिएका छन्।

‘करदाताको सङ्ख्या एक लाख २३ हजार पुगेको देखिन्छ’ उनले भने, ‘अझै ४९ दशमलव १ प्रतिशत करको दायरामा आएको देखिन्न। त्यसैले पनि प्रशासन संयन्त्रले करको दायरामा नआउनेलाई ल्याउन जरुरी भइसकेको छ।’

अर्थ मन्त्रालयका अर्थसचिव कृष्णहरि पुस्करले राजस्व चुहावट तथा चोरी तस्करी नियन्त्रण गर्नका लागि सुरक्षा निकाय र प्रशासनिक निकायबीच संयुक्त अनुगमन तथा मोनिटरिङ गर्ने प्रणालीको विकास गर्नका लागि सरोकारवाला निकायलाई निर्देशन दिएका छन्। ‘यहाँ भएका सबै सरकारी निकायले एकआपसमा समन्वय र सहकार्य गरेर राजस्व चुहावट नियन्त्रण गर्नका लागि संयुक्त रुपमा काम गर्नुस्,’ उनले भने, ‘सबैले समन्वय गरेर अघि बढेको खण्डमा राम्रो नतिजा ल्याउन सकिन्छ।’

अर्थसचिव पुस्करले वीरगञ्जका प्रतिष्ठित उद्योगी व्यवसायीले कारोबार गर्दा बिल लिने र दिने प्रणालीको पनि विकास गर्न सुझाव दिएका छन्। अर्थसचिव पुस्करले अन्तरदेशीय नाकाबाट पछिल्लो समय अवैधानिक क्रिप्टो, हुण्डी र सुनचाँदीको कारोबार बढेको तर्फ इङ्गित गर्दै सो नियन्त्रणको लागि प्रभावकारी ढङ्गले काम गर्न सरोकारवाला निकायलाई निर्देश गरे।

सरकारले समन्वय गरेर छोटी भन्सार खुलाउनेतर्फ आवश्यक प्रक्रिया अघि बढाइरहेको पनि जानकारी दिए। ‘छिमेकीमुलुकसँग आवश्यक समन्वय र सहकार्य गरेर अन्तरदेशीय व्यापारलाई अझै सुदृढ बनाउनेतर्फ पहलकदमी भइरहेको छ,’ उनले भने, ‘हामीले विभिन्न अन्तर्राष्ट्रिय मञ्चमा सो कुरालाई राख्दै आइरहेका छौँ।’

गृह र अर्थ मन्त्रालयद्वारा वीरगञ्जमा आज आयोजित राजस्व अभिवृद्धि तथा चुहावट नियन्त्रणसम्बन्धी गोष्ठीमा दुई चरणको छलफल गरिएको थियो। पहिलो चरणमा वीरगञ्जमा रहेका भन्सार कार्यालय, आन्तरिक राजस्व कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्लामा रहेका सुरक्षा निकायसँग सम्बन्धित निकायसँग राजस्व चुहावटको विषयमा छलफल गरिएको थियो। दोसो चरणमा भने वीरगञ्ज उद्योग वाणिज्य सङ्घ लगायतका निकायमा आवद्ध उद्योगी÷व्यवसायीसँग पनि छलफल गरिएको थियो।

प्रकाशित: २०८० चैत २९ गते बिहिबार ०९:५३
प्रतिक्रिया

थप समाचार

विपद्पछिको पुनर्निर्माणका लागि ४ देखि ५ अर्ब डलर आवश्यक पर्ने देखिन्छ: अर्थमन्त्री

अर्थमन्त्री स्वर्णिम वाग्लेले भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विपद्पछिको उद्धार, राहत, पुनरुत्थान तथा पुनर्निर्माणका लागि सरकारले आवश्यक स्रोतसाधनको व्यवस्था गर्ने बताएका छन्। हिमालमा...

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...
WhatsApp Image 2026-10-05 at 13.41.14
व्यक्तित्व

सानो सुरुवात, ठूलो उडान: माधवको फुटपाथको संघर्षदेखि ‘तुफानी’ सफलतासम्म

कुनै समय फुटपाथमा कपडा बेच्ने नेपालले यो साम्राज्य कसरी खडा गरे? शून्यबाट सुरु भएको उनको व्यावसायिक उडानपछाडि के कस्ता संघर्ष र हण्डर–ठक्करहरू छन्?
rameshowre
उद्योग

केटीएम हस्पिटालिटी तेस्रो वर्षमा, रोयल टुलिपले तिर्न थाल्यो ऋण

हालै पूर्ण रुपमा सञ्चालनमा आएको होटलले एक वर्षकै बीचमा थोरै भए पनि ऋणको दायित्व र ब्याज तिर्न सुरु गरेको जानकारी दिए।
News 1 (1).psd (31)
विचार

प्रसारण र विद्युत व्यापार: निजी क्षेत्रको अग्निपरीक्षा

आशयपत्र प्राप्त गर्ने कम्पनीहरूले प्रत्येक तीन महिनामा प्रगति विवरण पेस गर्दै आफ्नो क्षमता प्रमाणित गर्नुपर्छ। बजार खोज्ने, व्यापारिक साझेदार बनाउने, लगानी जुटाउने र आवश्यक प्राविधिक तयारी...
apple_building
सूचना प्रविधि

एक वर्षमै एप्पलले बेच्यो साढे ५७ अर्ब डलरको आईफोन, ५० खर्ब डलरसहित बन्यो मूल्यवान कम्पनी

एप्पलको बजार मूल्य विश्वको चौथो ठूलो अर्थतन्त्र जापान, पाँचौ बेलायत, छैटौँ भारत र सातौं स्थानमा रहेको फ्रान्सको अर्थतन्त्रको आकार भन्दा ठूलो रहेको छ।
uniliver
उद्योग

सेयरधनीलाई सर्वाधिक लाभांश दिने युनिलिभरको यस्तो छ पाँच वर्षको प्रतिफल

युनिलिभरको उच्च सेयर मूल्य मात्र हैन सेयरधनीलाई आकर्षक लाभांश वितरणका कारण चर्चित बन्दै आएको छ। युनिलिभरको सेयर मूल्य उच्च रहनुको प्रमुख कारण वर्षेनी वितरण हुने आकर्षक नगद लाभांश हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना