काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
छापावाला सुन तोलामा २४ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ३९ हजार रुपैयाँमा सुनको कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ। यो मूल्य हालसम्मकै उच्च मूल्य हो।
बिहीबार प्रतितोला १ लाख ३६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो।
तेजावी सुन पनि तोलामा २४ सय रुपैयाँले नै बढेर प्रतितोला १ लाख ३८ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ।
चाँदीको ५० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।


