काठमाडौँ- त्रिभूवन विश्वविद्यालयको रेक्टर (शिक्षाध्यक्ष) पदमा प्राध्यापक खड्ग केसी र रजिष्ट्रारमा प्राध्यापक केदार रिजाल नियुक्त भएका छन्।
त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले शुक्रबार उनीहरूलाई नियुक्त गरेका हुन्।
उनीहरूलाई चैत १५ गते नै नियुक्तिको सिफारिस भएको थियो।
उपकुलपति प्राध्यापक केशरजंग बरालले त्रिवि ऐनअनुसार केसी र रजिस्ट्रारमा रिजालको नाम सिफारिस गरेका थिए।
सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएका थिए।
तर प्रधानमन्त्रीले उपकुलपति बराललाई अवैधानिक तवरबाट निर्देशन दिएको भन्दै आलोचना भएको थियो।


