२०८३ कार्तिक १६ गते आईतबार

बाँकेमा हत्यापछि शृंखलाबद्ध लुटपाट

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २
loot
फागुन २३ गते लुटपाट भएको घर। प्रतिकार गर्न खोज्दा लुटेराले एक जनाको हत्या गरेका छन्।

राँझा (बाँके)- बाँकेको जानकी गाउँपालिकाका बस्तीमा शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि स्थानीय त्रसित भएका छन्।

जानकी–३ इन्द्रपुरमा गत फागुन २३ गते हतियारसहित आएका ६ जना लुटेराले कुटपिट गरी सन्तोष कठरिया थारूको हत्या भएको र त्यसपछि पनि निरन्तर लुटपाटका घटना भइरहेपछि स्थानीय त्रसित बनेका हुन्।

लुटेराको प्रतिकार गर्न खोज्दा गम्भीर घाइते भएका सन्तोषको उपचारका क्रममा मृत्यु भयो। उनकी श्रीमती सविता राजवंशी थारू घाइते छन्।

त्यसको एक महिनापछि जानकी–६ कपासीका लोकेन्द्रबहादुर बुढाक्षेत्रीको घरमा गत चैत २२ गते राति डाँकाहरूको समूहले लुटपाट गर्‍यो।

करिब राति १ बजेतिर आएको डाँका समूहले आफूलाई कुटपिट गरी नगद र गरगहना लुटेर लगेका घरधनी बुढाक्षेत्रीले बताए।

राति एक्कासी घरभित्र प्रवेश गरेको उक्त समूहसँग पेस्तोल, तरबार र खुकुरी भएकाले आफूहरू प्रतिकारमा उत्रिन नसकेको उनले बताए।

डाँकाहरूको समूहले घरपरिवारलाई बाँधेर लुटपाट गरेको पीडितको भनाइ छ।

शृङ्खलाबद्ध लुटपाट र डकैतीका घटना हुन थालेपछि त्रसित भएका जानकी गाउँपालिकावासीले स्थानीय सरकार तथा प्रहरी प्रशासनसँग सुरक्षाको माग गरेका छन्।

गाउँपालिकाका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका लुटपाटका घटनाले गाउँपालिकावासी डर, त्रासमा बाँच्न बाध्य भएका जानकी–४ खजुरखुर्द्धका अगुवा पदमबहादुर धितालले बताए।

उनका अनुसार बितेको दुई महिनामा जानकी–३ मानपुर, वडा नं ४ को साहदतपुर र ढुडुवार, वडा नं ६ को कपासी र सल्यानीटोलमा गरी आधा दर्जनबढी लुटपाटका घटना भएका छन्।

डकैती समूहको लुटपाट र कुटपिटका घटना बढीरहेकाले स्थानीयले कहिले आफ्नै घरमा त्रासदीपूर्ण वातावरण बन्ने हो भन्दै सुरक्षाको माग गरेका उनको भनाइ छ।

सर्वसाधारणले असुरक्षित महसुस गरी आफ्नो घर छाड्न बाध्य भएकाले गाउँबस्तीमा शान्ति सुरक्षाको व्यवस्था कायम गरी लुटपाटका घटनामा संलग्न दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउनुपर्ने जानकी–६ का अगुवा सुरेश यादवले बताए।

‘यहाँका विभिन्न बस्तीमा सर्वसाधारणको ज्यान जानेगरी भएका शृङ्खलाबद्ध घटनाले स्थानीयमा त्रासको वातावरण सिर्जना गरेको छ’, उनले भने, ‘बितेको दुई महिनामा पालिकामा एकजनाको ज्यान जानेगरी ६ वटा लुटपाटका घटना भएका छन्। हालसम्म एकजना पनि दोषी पक्राउ परेका छैनन्।’

लुटपाटका घटनाले आफूहरू असुरक्षित भएको भन्दै पालिकावासीले बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलसमक्ष सुरक्षाको माग गरेका जानकी–५ का स्थानीय राजितराम यादवले बताए।

गाउँपालिकास्थित इलाका प्रहरी कार्यालय खजुरखुर्द्ध, जोगागाउँ प्रहरी चौकी, बेलभार र गनापुर प्रहरी चौकीमा थप जनशक्ति परिचालन गरेर भए पनि अविलम्ब शान्ति सुरक्षाको अनुभूति दिलाउन अनुरोध गरिएको उनले जानकारी गराए।

बाँकेका प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुलबहादुर कार्कीले लुटपाटका घटनाको अनुसन्धान भइरहेको बताउँदै थप जनशक्ति परिचालन गरेर स्थानीयलाई शान्ति सुरक्षा प्रदान गरिने जानकारी दिए।

प्रकाशित: २०८१ बैशाख २ गते आईतबार ०१:२३
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना