काठमाडौँ- नेपाली बजारमा सुनको मूल्य प्रतितोला रु ७ सयले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु ७ सयले वृद्धि भई रु १ लाख ३७ हजार ५ सय निर्धारण भएको छ।
शुक्रबारको तुलनामा आइतबार रु दुई हजार दुई सयले ओरालो लागेको छापवाला सुन सोमबार भने पुनः उकालो लागेको हो।
यस्तै, तेजाबी सुन सोमबार प्रतितोला रु एक लाख ३६ हजार आठ सय ५० निर्धारण भएको छ । त्यस्तै, चाँदीको मूल्य प्रतितोला रु १५ ले वृद्धि भएको छ।
आइतबार प्रतितोला रु १ हजार ७ सय कारोबार भएको चाँदीको मूल्य सोमबार रु १ हजार ७१५ निर्धारण भएको छ।


