काठमाडौँ- नागढुंगा–सिस्ने खोला सुरुङमार्गको मुख्य सुरुङ ब्रेक थ्रु भएको छ।
साउन २२ गते आपत्कालीन सुरुङ वारपार छेडिएको भएपनि मुख्य सुरुङ भने सोमबार छेडिएको सुरुङमार्ग निर्माण आयोजनाका उपनिर्देशक गोविन्द दुमरुले जानकारी दिए।
मुख्य सुरुङका बाँकी सबै काम सम्पन्न गरेर गाडी गुड्न भने अझै एक वर्ष लाग्ने आयोजनाको भनाइ छ।
यो सुरुङमार्ग प्रयोगकर्ता काठमाडौंको बलम्बु हुँदै धादिङको सिस्नेखोलासम्म ३ मिनेटमै आउजाउ गर्न सक्ने आयोजनाले जनाएको छ।
करिब साढे ४ वर्षअघि काठमाडौंको बलम्बु र धादिङको सिस्ने खोला जोड्ने सुरुङ मार्ग निर्माण सुरु भएको थियो।
मुख्य सुरुङ २.६८८ किलोमिटरको हुनेछ।
जापानको हाजमा आन्दो कर्पोरेसन यो सुरुङमार्ग बनाइरहेको छ।
मुख्य सुरुङ वारापार भएपछि त्यसभित्र बिजुली जडान, अक्सिजन आपूर्तिको व्यवस्था, सडक ढलान लगायतका काम हुने आयोजनाले जानकारी दिएको छ।


