काठमाडौँ- शुक्रबार नेपाली बजारमा सुनकोचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य तोलामा १४ सयले बढेर १ लाख ३७ हजार २०० मा पुगेको छ।
तेजाबी सुनको मूल्य तोलाको १ लाख ३६ हजार ५५० रुपैयाँमा कारोबार भइरहेको छ। बिहिबार तेजाबी सुन तोलाको एक लाख ३५ हजार १५० मा कारोबार भएको थियो।
महासंघका अनुसार चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेर प्रतितोला १६ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।


