काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले लगानीसम्बन्धी अध्यादेश जारी गरेका छन्।
राष्ट्रपति पौडेलले आइतबार ‘लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश–२०८१’ जारी गरेका हुन्।
राष्ट्रपतिले संविधानको धारा ११४ को उपधारा १ बमोजिम सरकारको सिफारिसमा सो अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलजा रेग्मी भट्टराईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
तेस्रो लगानी सम्मेलन आइतबारदेखि राजधानीमा सुरु भएको छ।
नेपालमा लगानी गर्न चाहनेहरुलाई सहजीकरण गर्न आवश्यक कानुनका लागि सरकारले अध्यादेश ल्याएको हो।
