काठमाडौँ- सर्वोच्च अदालतले सिधाकुरालाई अदालतमा हाजिर हुन आदेश गरेको छ। न्यायाधीशद्वय डा नहकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासले सोमबार यस्तो आदेश जारी गरेको हो।
अदालतको अवहेलना मुद्दामा अदालतको अवहेलना मुद्दामासिधाकुरा अनलाइन तथा युट्युब च्यानल टिमलाई सर्वोच्चले बयानका लागि बोलाएको हो। अवहेलना मुद्दामा सर्वोच्च अदालतमा आइतबार निवेदन परेको थियो।
सिधाकुराका प्रकाशक युवराज कँडेल, कार्यकारी सम्पादक नवीन ढुंगानासहित संलग्न सबैमाथि कारबाही चलाउन माग निवेदनमा माग गरिएको छ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गरिरहेको स्टिङ अपरेसनको फैसला गर्नुअघि सेटिङ भएको भन्दै सिधाकुराले एक अडिओ सार्वजनिक गरेको थियो। उक्त अडियोमा कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहिया र अन्नपूर्ण पोस्टका अध्यक्ष क्या रामेश्वर थापाले सेटिङ गरेको आरोप लगाइएको थियो।
सिधाकुरा ले अहिले ती सामग्री हटाएको छ। ‘सिधाकुरामा प्रकाशित ‘द डार्क फाइल’ शृंखलाका समाचारको सम्बन्धमा प्रेस काउन्सिलबाट प्राप्त पत्रअनुसार अध्ययन र अनुसन्धान प्रक्रिया अघि बढेका कारण हाललाई सो श्रृङ्खलाका प्रकाशित सामाग्रीको प्रकाशन र प्रसारण स्थगन गरिएको छ,’ सिधाकुराले उल्लेख गरेको छ।
यसअघि प्रेस काउन्सिलले ती सामग्री हटाउन दिएको निर्देशन अस्वीकार गर्ने स्पष्टीकरण सिधाकुराले दिएको थियो।


