काठमाडौँ- निर्वाचन आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा बिहीबार प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले वैशाख १५ गते सम्पन्न उपनिर्वाचनको मतपरिणामसहितको प्रतिवेदन राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाएका हुन्।
गत शनिबार इलाम-२ मा प्रतिनिधिसभा सदस्यका लागि र बझाङ प्रदेशसभा ‘क’ मा प्रदेशसभा सदस्यका लागि उपनिर्वाचन भएको थियो।
प्रतिवेदन बुझ्दै पौडेलले निर्वाचन आयोगले जिम्मेवारीपूर्वक काम सम्पन्न गरेको भन्दै धन्यवाद दिएका थिए।


