काठमाडौँ- सन् २०२४ को अप्रिल महिनामा नेपालमा १ लाख ११ हजार पर्यटक भित्रिएका छन्।
सन् २०२३ को अप्रिलको संख्यामा १२ प्रतिशतले वृद्धि भएको पर्यटन बोर्डले जानकारी दिएको छ।
अघिल्लो वर्ष अप्रिलमा ९८ हजार ७७३ पर्यटक भित्रिएका थिए।
यसअघि सन् २०२२ मा ६१ हजार ५८९, सन् २०२१ मा २२ हजार ७३२, सन् २०२० मा १४ जना तथा सन् २०१९ मा एक लाख ८ हजार १०६ पर्यटक आएका थिए।
सन् २०२० र सन् २०२१ मा कोरोना महामारीका कारण कम मात्र पर्यटक नेपाल आएका थिए।


