काठमाडौँ- संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले इन्टरनेटमा देखिएकाे समस्या रातभरमा समाधान भइसक्ने जानकारी दिएकी छिन्।
उनले जनताकाे सेवाका लागि सबै विकल्प खुला गरेर रातभरमा समाधान खाेजिने जानकारी दिइन्।
देशभर इन्टरनेट अवरुद्ध भएपछि समाधानका लागि सिंहबारस्थित मन्त्रालयमा छलफल भएकाे हाे।
ठूला इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंक, सुबिसु,भायनेट लगायतमा बिहीबार दिउँसोदेखि समस्या आएको हो।


