२०८३ कार्तिक १६ गते आईतबार

पुर्ख्यौली संस्कृति जोगाउन बालबालिकादेखि वृद्धवद्धासम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख २८
DSC_0226

म्याग्दी (बेनी)- म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका १० वर्षका सायुज फगामी पुर्ख्यौली नाचमा मादले बनेर नाच्छन्। वडा अध्यक्ष समेत रहनुभएका ओमप्रसाद फगामीबाट मादल बजाएर नाच्न सिकेका सायुज विगत एक वर्षदेखि पुर्ख्यौली नाच समूहमै आबद्ध छन्। गाउँमा हुने हरेक सार्वजनिक तथा सांस्कृतिक कार्यक्रममा प्रस्तुत गरिने पुर्ख्यौली नाच र प्रतियोगितामा समेत उनी मादले बनेर सहभागी हुने गर्छन्।

सायुज मात्रै होइन भुरुङकै ९ वर्षका कुशल फगामी पनि पुर्ख्यौली नाचमा मारुनी बनेर सहभागी हुने गरेका छन्। भुरुङ तातोपानीको पुर्ख्यौली समूहमा मादले र मारुनीको भूमिकामा रहेका दुई बाल कलाकारको छमछमी नाचले धेरैको ध्यान तान्ने गरेको छ।

पुर्ख्यौली नाच पुनमगर समुदायको मौलिक संस्कृतिको रुपमा चिनिन्छ। पुर्ख्यौली नाचमा अहिले बालबालिका, युवायुवती, प्रौढदेखि वृद्धवृद्धासम्मका चार पुस्ता सहभागी हुने गर्छन्। पुर्ख्यौली नाचलाई अन्तरपुस्ता हस्तान्तरण गरेर संरक्षण गर्न यहाँ, स्थानीयवासी, अग्रज कलाकार, वडा कार्यालय र अन्नपूर्ण गाउँपालिकाले सक्रियता बढाएका छन्।

पुर्खाले सिर्जना गरेको मौलिक संस्कृति लोप भएर जाने अवस्था आएपछि आफुले समेत मादले मारुनी नाच सिकेर संरक्षणमा जुटेको भुरुङ तातोपानीका वडा अध्यक्ष फगामीले बताए।

‘पुराना कलाकार सकिँदै जाँदा पुर्ख्यौली पनि हराएर जाने अवस्था आउन थालेको थियो, हामीले नै नसिके भोलिका पुस्तालाई कसले सिकाउँछ भनेर पुर्ख्यौली नाच सिकेका हौँ, अहिले नयाँ पुस्तालाई पनि सिकाउन थालेका छौँ,’ वडा अध्यक्ष फगामीले भने।

अन्नपूर्ण गाउँपालिकाको दोबा, भुरुङ, दाना, नारच्याङ, लेकगाउँ, पाउद्धार, स्वाँत, खिबाङ, शिख, हिस्तान, औल, रिम, घराम्दीलगायतका बस्तीमा पुर्ख्यौली नाच प्रचलनमा रहेको छ।

यस क्षेत्रमा बच्चा जन्मिएको छैटौँ दिनमा गरिने छैटी, भात खुवाउने दिन, छेवर, गुनिउचोली, विवाह लगायतका संस्कारजन्य कार्यक्रममा सोरठी भाकामा पुर्ख्यौली नचाउने चलन रहेको छ। कतिपय ठाउँमा मृत्यु संस्कारमा समेत सोरठी भाकामा दुःख, पीर, वेदना, जीवन भोगाई र सङ्घर्षका गीत गाएर सान्त्वना दिने प्रचलन समेत रहेको छ।

आफ्ना पुर्खाले चलाउँदै आएको पुर्ख्यौली संस्कृतिको मौलिकता मासिने डरले अन्नपूर्ण गाउँपालिकाका स्थानीय पुर्ख्यौली सोरठी भाका र मादले मारुनी नाचको संरक्षणमा जुटेका छन्। यहाँ वृद्धवृद्धादेखि बालबालिकासमेत पुर्ख्यौली संस्कृतिमा सहभागी हुने गर्छन्। नयाँ पुस्तालाई पुरानो संस्कृति दिनकै लागि पुराना कालकार पुर्ख्यौली नाच्ने र गाउनेमा कम्मर कसेर लागेको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङका पुराना कलाकार चन्द्रप्रसाद फगामीले बताए।

‘मैले पनि अग्रजबाट सिकेको हुँ, बुढ्यौली लाग्यो तर पुर्ख्यौलीको माया लाग्छ, कतै युवाहरुलाई सिकाउन सकिएन भने हराएर जाने त होइन भन्ने चिन्ताले अझैपनि मादले बनेर नाच्ने गर्छु, सोरठी र सिरफुले पनि गाउन सक्छु,’ फगामीले भने।

नारच्याङका वडा सदस्य समेत रहेका लेकगाउँका युवा श्याम पुर्जाले आधुनिक सूचना प्रविधिको पहुँच र आयातीत संस्कृतिका कारण स्थानीय स्तरमा रहेका पुर्ख्यौली संस्कृति ओझेलमा परेकाले आफु समेत पुर्ख्यौली नाचमा सहभागी हुन थालेको बताए।

उनले पछिल्लो समय विभिन्न सार्वजनिक कार्यक्रमदेखि मेला, महोत्सव र सांस्कृतिक कार्यक्रममा पुर्ख्यौलीलाई प्राथमिकता दिन थालेको जानकारी दिए।

अन्नपूर्ण गाउँपालिका– १ दोबाका पुराना कालकार गमबहादुर पुर्जाले ठाउँ अनुसार गीतको भाका र नाचको ताल फरक फरक पर्ने भएपनि पुर्ख्यौली संस्कृति मौलिक जीवन्त संस्कृतिको रुपमा रहेको बताए।

‘यो नाच र गीतको इतिहास लामो छ, एक पुस्ताबाट अर्को पुस्ता हुँदै आजसम्म जीवन्त रहेको पुर्ख्यौली संस्कृतिलाई आगामी पुस्तामा समेत पु¥याउन जरुरी छ,’ उनले भने।

दोबा पुर्ख्यौली समूहका अर्का कलाकार पदमबहादुर पुर्जाले पुर्ख्यौली संस्कृतिमा मादले–मारुनी नाच नयाँ पुस्ताले सिक्न थालेपनि सोरठी भाकामा गीत गाउने सीप भने अझै नयाँ पुस्तामा हस्तान्तरण हुन नसकेको बताउँछन्।

‘सोरठी गाउन स्वरमात्रै दिएर हुँदैन, गीतका कथा र भाका पनि गाउन जान्ने हुनुपर्छ, त्यसको लागि धेरै मेहनत गर्नुपर्छ, अहिलेसम्म युवा पुस्ता नाच्न सक्ने भएका छन्, गाउन भने पुरानै कलाकार जुट्नुपर्छ,’ पुर्जाले भने। कला संस्कृतिको क्षेत्रमा पुर्ख्यौली नाच आफैँमा अनौठो संस्कृतिको रुपमा रहेको छ।

यो नाचको सुरुवातमा मादलको तालमा सरस्वती जगाउने गरिन्छ। यसरी देवी देवतालाई सम्झेर सरस्वती जगाउँदा धेरैजसोको शरीरमा सरस्वती चढेर काम्ने गर्छन्।

‘पहिले देवीदेवता बनाउँदा देउताले छुनेहरु आफैँ काम्न थाल्छन्, मादलको २२ ताल बजाएर देवतालाई बाचा फुकाएपछि स्वतस्फुर्त उनीहरु सामान्य अवस्थामा आउँछन्,’ पुराना कलाकार चन्द्रप्रसाद फगामीले भने। पुर्ख्यौलीमा कम्तीमा चार÷चार जना मादले र मारुनी नाच्ने गर्छन्।

पुरुषको पोशाक लगाएका मादले कम्मरमा मादल भिरेर बजाउँदै नाच्छन् भने महिलाको पुर्ख्यौली भेषभुषामा सजिएका पुरुष नै मारुनी बनेर नाच्ने गर्छन्। पुर्ख्यौलीमा मुख्य गीत निकाल्ने गिताङ्गेले पुराना राजा रानी र देवी देवताका कथा सँगै माया, प्रेम र आफ्नो पुर्खाका दुःख–सुखलाई समेटेर सोरठी गीत गाउने गर्छन् भने महिलाको समूहले लामो स्वरमा हाइ भरेर साथ दिने गर्छन्। पुर्ख्यौली नाचमा मादले, मारुनी, सोरठी गाउने र हाइ मार्नेलगायतको भूमिकामा कम्तीमा २० जना बढी सहभागी हुने गर्छन्।

मौलिक चिनारीको रुपमा रहेको पुर्ख्यौली संस्कृतिको संरक्षणमा जागरण ल्याउन पहल थालेको अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष भरतकुमार पुनले बताए।

‘यो वर्ष भुरुङमा पालिका र वडा कार्यालयको समन्वयमा पुर्ख्यौली नाच प्रतियोगिता नै सम्पन्न गरेका छौँ, यसले पुर्ख्यौलीको विविधताको एक अर्कामा सिकाईसँगै नयाँ पुस्तामा संस्कृतिको सीप विकासमा सघाएको हामीले विश्वास लिएका छौँ, यस्ता कार्यक्रमलाई हामीले आगामी वर्षमा समेत निरन्तरता दिनेछौँ,’ गाउँपालिका अध्यक्ष पुनले भने। गाउँपालिकाले नीति तथा कार्यक्रममा नै मौलिक कला, संस्कृतिको संरक्षणलाई प्राथमिकतामा राखेर कला र संस्कृतिको विकास, प्रवर्द्धन र प्रचार प्रसारमा जुट्ने जनाएको छ। -रासस

प्रकाशित: २०८१ बैशाख २८ गते शुक्रबार ०१:३७
प्रतिक्रिया

थप समाचार

रौतहटका तीन अलपत्र आयोजनाको ठेक्का तोडियो, नयाँ प्रक्रियाबाट काम अघि बढाइने

काठमाडौं। रौतहटमा लामो समयदेखि अलपत्र रहेका तीन पूर्वाधार आयोजनाको ठेक्का सम्झौता तोडिएको छ। निर्माणमा पटक–पटक म्याद थप गर्दा पनि काम सम्पन्न हुन नसकेपछि चन्द्रनिगाहपुर–गौर सडकअन्तर्गत...

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

मंसिर १७ देखि काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा आगामी मंसिर १७ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला आयोजना हुने भएको छ। महासंघले नेपाल सरकारको उद्योग, वाणिज्य...

ऋणको माग सुस्त हुँदा पनि बैंकहरूको नाफा कसरी बढ्यो ४५ प्रतिशत?

कर्जा नोक्सानी व्यवस्थापनका लागि छुट्याउनुपर्ने रकम (प्रोभिजनिङ) घट्नु, कर्जा असूलीमा सुधार आउनु र ब्याज आम्दानी तथा निक्षेपको लागतमा आएको परिवर्तनले नाफा बढाउन सहयोग गरेको देखिन्छ।

एभरेष्ट बैंकको वितरणयोग्य नाफा ३ अर्ब ८७ करोड, खराब कर्जा पनि घट्यो

काठमाडौँः एभरेष्ट बैंक लिमिटेडको चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा खुद नाफा ६.२३ प्रतिशतले बढेर १ अर्ब २५ करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले १ अर्ब १७ करोड...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना