विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार विश्वासको मत लिने भएका छन्।
वैशाख २७ गते मुख्यमन्त्री नियुक्त भएका कार्कीले सोमबार विश्वासको लिने तयारी गरेका हुन्। बिहान ११ बजे बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव गर्नेछन्।
मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने बैठकलाई बहिष्कार गर्ने तयारी नेपाली कांग्रेसले गरेको छ।
मुख्यमन्त्री नियुक्ति प्रक्रियाविरुद्ध परेको निवर्तमान मुख्यमन्त्री केदार कार्कीले सर्वाेच्च अदालतमा दर्ता गराएको रिट विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन हतार गरेको भन्दै कांग्रेसले बहिस्कार गर्ने बताएको हो।


