काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानबहादुर (ज्ञानेन्द्र) शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई कारबाही गृहमन्त्रीसँग माग गरेका छन्। आइतबार सभामुख देवराज घिमिरे र दलका प्रमुख सचेतकबीचको छलफलपछि उनले यस्तो माग अघि सारेका हुन्।
उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले शनिबार चितवन पुगेर यसअघिको सरकारले सहकारी ठगीका आरोपित जीबी राईलाई भगाएको आरोप लगाएका थिए। त्यसकै काउन्टरमा शाहीले यस्तो माग अघि सारेका हुन्।
‘देशको गृहमन्त्रीले भनेको कुरा त हामीले विश्वास मान्नैपर्यो,’ उनले भने, ‘अपराधीलाई भगाउने प्रधानमन्त्रीलाई कारबाही हुनुपर्छ । गृहमन्त्रीले पक्राउ पुर्जी जारी गर्नुपर्छ।’


