जनकपुर– मधेश प्रदेश सरकारबाट माओवादी केन्द्र बाहिरिएको छ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा राजीनामा बुझाउँदै माओवादी सरकारबाट बाहिरिएको हो।
मन्त्रीहरु भरतकुमार साह र युवराज भट्टराईले मुख्यमन्त्री सरोजकुमार यादव सरकारबाट बाहिरिएका हुन्।
साहलाई मुख्यमन्त्रीले वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोके पनि उनले मन्त्रालय सम्हाल्न मानेका थिएनन्।
भट्टराई उद्योग तथा पर्यटनमन्त्री थिए।


