जनकपुरधाम- मधेश सरकारबाट माओवादी केन्द्र बाहिरिएलगत्तै नेकपा एमाले पनि बाहिरिएको छ।
एमालेका मन्त्रीहरु सरोजकुमार यादव, राजकुमार लेखी, सत्रुधन सिंह, प्रमोदकुमार जयसवाल र राज्यमन्त्रीहरु केशव राय र शारदा थापाले आइतबार मुख्यमन्त्री सरोजकुमार यादवलाई राजीनामा बुझाएका हुन्।
यसअघि आइतबार नै नेकपा माओवादी केन्द्रबाट मन्त्री भएका भरतकुमार साह र युवराज भट्टराईले पनि मधेश सरकारबाट राजीनामा दिइसकेका छन्।
माओवादीले मधेश सरकारलाई दिएको समर्थन पनि फिर्ता लिइसकेको छ।


