सभामुख देवराज घिमिरेले प्रमुख विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपप्रधान एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग छलफल गरेका छन्।
सभामुख घिमिरेले देउवा र लामिछानेलाई संयुक्त सदनको बैठकअघि नै राजनीतिक सहमति जुटाउन आग्रह गरेको सभामुखको सचिवालयले जानकारी दिएको हो।
राष्ट्रपतिले वाचन गर्ने सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रमलाई असर नपर्ने वातावरण बनाउन उनको आग्रह थियो।
नीति तथा कार्यक्रम वाचनको अवलोकनका लागि कुटनीतिज्ञहरुलाई आमन्त्रण गरिसकेकाले सौहार्दपूर्ण वातावरण बनाउने भूमिका खेल्नुपर्ने उनको भनाइ थियो।
सभापति देउवाले संसदीय छानबिन समितिको अडानबाट आफ्नो दल पछाडि हट्न नसक्ने बताए। सभापति देउवाले प्रतिपक्षीको आवाजलाई नजरअन्दाज गर्न नमिल्ने बताएका थिए।
रास्वपा सभापति लामिछानेले भने सदनमा आफूलाई बोल्न दिनुपर्ने माग गरेका थिए।
सभामुखले आज नै प्रधानमन्त्री र राष्ट्रिय सभाका अध्यक्षसँग छलफल पनि गरेका थिए।


