काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त राजदूतद्वारा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन्।
राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईका सोमबार राष्ट्रपति कार्यालयमा आयोजित छुट्टा–छुट्टै विशेष समारोहमा गणतन्त्र साइप्रसका राजदूत इभागोरस भ्राइओनिडस्, गणतन्त्र लिथुआनियाका राजदूत डायना माइकेभिसाइन, किर्गिज गणतन्त्रका राजदूत अस्कर बेसिमोभ र आयरल्याण्डका राजदूत केभिन केलिले आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन्।
समारोहमा उपप्रधानमन्त्री एवम् परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ लगायत सरकारका उच्च पदस्थ अधिकारीको समेत उपस्थिति रहेको थियो।


