वालिङ (स्याङ्जा)- नेपाली कांग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङले राजनीति देश र जनताका लागि हुनुपर्ने बताएका छन्। स्याङ्जाको वालिङ–७ बनकट्टास्थित मनकामना युवा क्लबद्वारा आयोजित पुरुष भलिबल प्रतियोगिताको शुभारम्भ गदै उनले राजनीतिक दलहरुले दलगत स्वार्थभन्दा माथि उठेर देश र जनतालाई सर्वोपरि ठानेर अगाडि बढ्नुपर्छ भने। ‘नेपाली राजनीतिमा उलटपुलट भइरहेको छ,’ उनले भने, ‘राजनीति स्वार्थ केन्द्रित नभई देश र जनताका लागि हुनुपर्छ।’
खेलाडीहरुको मनोबललाई उच्च बनाउन र खेल क्षेत्रलाई थप परिस्कृत बनाउँदै लैजानका लागि स्थानीयस्तरमा खेलकुदका गतिविधिहरु निरन्तर हुनु आवश्यक रहेको उनको भनाइ छ।


