काठमाडौं- सरकारले गरिब घरपरिवारलाई निःशुल्क बीमा, विद्युतीय चुलो र ट्युबेल दिने घोषणा गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आव २०८१/८२ का लागि सरकारको नीति तथा कार्यक्रम वाचन गर्दै यस्तो उल्लेख गरेका हुन्।
‘गरिब घर परिवारको निशुल्क बीमा गरिने, विद्युतीय चुलो वितरण गर्ने र जमिनमुनिको पानी तान्ने ट्युबेल वितरण गरिनेछ,’ नीति तथा कार्यक्रम पढ्दै पौडेलले भने।


