काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न एमाले अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेबीच कुराकानी भएको छ।
बिहीबार हुने संसद बैठक र संसदीय छानबिन समितिबारे कुराकानी गर्न उनीहरू प्रधानमन्त्रीको कार्यालय पुगेका हुन्।
प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान मात्रै सभामुख देवराज घिमिरेले पनि छलफल गरेका थिए।
घिमिरेले संसदको अवरोध हटाउने विषयमा सत्ता पक्ष दलहरू चाँडै निष्कर्षमा पुग्नेगरी छलफल अगाडि बढाउन प्रधानमन्त्रीलाई आग्रह गरेका थिए।
प्रतिनिधि सभाको बैठक भोलि ११ बजे बस्नेगरी बोलाइएको छ।
कांग्रेसले संसदीय छानबिन समिति नबने भोलिको बैठकमा पनि अवरोध गर्ने रणनीति बनाएको छ।


