काठमाडौं- सुनको मूल्यले नयाँ रेकर्ड बनएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि सुनको भाउ प्रतितोला १ लाख ४० हजार रुपैयाँ तय गरेको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १ हजार ६ सय बढी हो।चाँदीको भाउले पनि नयाँ रेकर्ड बनाएको छ।
बिहीबार प्रतितोला ६० रुपैयाँ बढेर चाँदीको भाउ १ हजार ८०५ रुपैयाँ कायम भएको छ।


