काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदीय समिति बनाउन तयार रहेको बताएको छन्।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई खबर पठाउँदै सरकार संसदीय समिति छानबिन तयार रहेको बताएका हुन्।
तर त्यसका लागि गृहमन्त्री रवि लामिछानेलाई संसदमा बोल्न दिनका लागि पनि आग्रह गरेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्रीले सहकारी ठगीमा छानबिन समित बनाउन सरकार तयार रहेको भन्दै खबर पठाएको बताए।
यसअघि नै रास्वपाले संसदीय समिति बनाउने विषयमा आफूहरू बाधक नबन्ने बताएपछि प्रधानमन्त्रीले कांग्रेसलाई यस्तो खबर पठाएका हुन्।
