महेन्द्रनगर (धनुषा)- जनता समाजवादी पार्टी (जसपा) नेपाल मधेश प्रदेशको संसदीय दलको बैठकले विश्वासको मत ३० दिनभन्दा अगावै लिने निर्णय गरेको छ।
आज जनकपुरधाममा बसेको दलको बैठकले आफ्नो पार्टी नेतृत्वको सरकारलाई निरन्तरता दिन पहल गर्ने निर्णय गरेको प्रमुख सचेतक राम आशिष यादवले जानकारी दिए। उनले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिने बुँदाका विषयमा बैठकमा छलफल भएको जानकारी दिए।
