काठमाडौँ- नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक बस्दैछ। संसद् अवरोध गर्दै आएको कांग्रेसले आगामी दिनमा संसद् कसरी प्रस्तुत हुने भन्ने रणनीति बनाउने छ।
संसदीय दलको बैठक ९ बजे बस्न लागेको कांग्रेसले जानकारी दिएको छ। त्यसअघि संसदीय कार्यसमितिको बैठक बिहान ८ः३० बजे बस्न लागेको हो।
संसदीय दल कार्यसमिति संसद भवन संसदीय दलको नेताको कार्यकक्ष तथा संसदीय दलको बैठक संसद भवन नयाँ वानेश्वर, ल्होत्से हल नयाँ बानेश्वरमा बस्नेछ।
सदनमा हिजो सांसदहरूबीच धकेलाधकेलको अवस्थाले सहमतिको सम्भावना क्षीण बनेको छ।


