काठमाडौँ- राजनीतिक दलबीच सहमतिका लागि प्रयास जारी रहेको भन्दै प्रतिनिधि सभा बैठक सारिएको छ।
सभामुख देवराज घिमिरेले प्रमुख सचेतक र सचेतकसँग छलफल गरेपनि कुनै निष्कर्ष ननिस्किएपछि बैठक सारिएको हो।
बिहान ११ बजेका लागि आह्वान गरिएको प्रतिनिधिसभाको बैठक निकै ढिला गरी सूचना टाँसेर दिउँसो २ बजेका लागि सारिएको हो।
दलबीचको छलफल जारी रहेको र सहमतिको स्थिति भई नसकेकाले सभामुखको निर्देशनमा बैठकको समय सारिएको संसद् सचिवालयले जनाएको छ।
प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको माग गरेर सदनमा अवरोध गर्दै आएको छ।
निकासका लागि सत्तापक्ष, प्रतिपक्षी दलबीच बेग्लैबेग्लै छलफल भएको छ।


