काठमाडौँ– एमालेका अध्यक्ष केपी शर्मा ओली र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेसँग कुराकानी गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेस नेतालाई बालुवाटार बोलाएका छन्।
कांग्रेसका सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, कृष्णप्रसाद सिटौला र रमेश लेखक बालुवाटार पुगेका हुन्।
सत्तारुढका दलबीच छलफल चलिरहेको बेलामा कांग्रेस नेता पनि बालुवाटार पुगेका हुन्।
सदनको गतिरोध हटाउनका लागि भन्दै प्रधानमन्त्री प्रचण्डले शनिबार बिहान पनि कांग्रेससँग छलफल गरेका थिए।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकाले संसदीय छानबिन समिति बनाउन कांग्रेसले अडान लिँदै आएको छ। तर सत्तापक्षले कांग्रेसको माग अस्वीकार गर्दै आएको छ।


