काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा बोलेपछि बोल्नका लागि समय माग गरेका सभामुखले समय नदिई बैठक स्थगित गरेका छन्।
गृहमन्त्री लामिछाने बोलेर सकेपछि प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरू बसेको ठाउँबाट उठेका थिए।
सभामुख घिमिरेले शून्य समयको कार्यक्रम नरहेको जानकारी गराउँदै बैठक स्थगित गरेका थिए।
सभामुख घिमिरेले सोमबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित गरेका छन्।
यसैबीच प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पत्रकार सम्मेलन गर्ने भएका छन्।
संघीय संसद भवनको ल्होत्से हलमा थापाले आइतबार बेलुकी पत्रकार सम्मेलन बोलाएका हुन्।


