काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई आफूलाई प्रधानमन्त्री बनाउने अफरका बारेमा जवाफ माग गरेका छन्। आइतबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रश्न गरेका हुन्।
‘मेरो प्रश्न छ- हिजो मलाई डेढ वर्ष प्रधानमन्त्रीका रूपमा स्वीकार गर्ने अफर डेढ एक्सपायर भयो कि अझै बाँकी छ? त्यसपछि म आफ्नो नैतिकताको परीक्षा दिऊँला। यो कुराको जवाफ यही सदनमा उभिएर कांग्रेस सभापतिजीले दिइदिनुभयो भने मेरा लागि कल्याण हुनेछ,’ उनले भने, ‘उहाँले असाध्य मान्नु हुने घटालथानमा मैले पनि पाइला राख्ने अवसर पाएको छु। त्यही घटालथानलाई सम्झिएर भने हुन्छ कि मेरा लागि आएको त्यो अफर थियो कि थिएन।’
त्यस्तै गृहमन्त्री बन्न नमिल्ने भनेको विषयबारे प्रधानमन्त्रीको अफर कुन नैतिकताले मिल्ने भनेर प्रश्न गरेका हुन्।


