२०८३ कार्तिक २० गते बिहिबार

प्रधानमन्त्रीले अघिल्लो पटकभन्दा बढी विश्वासको मत पाउनुहुन्छ : सांसद माधव सापकोटा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ ६
pm

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अघिल्लो पटकभन्दा बढी विश्वासको मत प्राप्त गर्ने बताएका छन्।

प्रतिनिधिसभाको आजको बैठकपछि सञ्चारकर्मी संक्षिप्त प्रतिक्रिया दिँदै उनले तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा समस्या नाउने समेत धारणा राखे। प्रधानमन्त्री दाहालले यही जेठ ७ गते विश्वासको मत लिँदै छन्।

सांसद सापकोटाले भने, ‘यसपटक पनि विश्वासको मत बढ्छ, घटेर जादैन। तत्कालका लागि सरकार तलमाथि हुने र सत्ता गठबन्धनमा गडबढी हुने स्थिति पनि छैन।’ उनले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सदनमा व्यक्त गरेको अभिव्यक्ति सरकार छाडनेसँग सम्बन्धित नभएको स्पष्ट पारे।

‘उपप्रधान एवं गृहमन्त्री लामिछानेले सदनमा सैद्धान्तिक रुपमा भनाइ राख्नुभएको हो। वर्तमान सरकारलाई विश्वासको मत दिने र सरकार अघि बढाउने कुरासँग धेरै प्रभावित हुन्छ भन्ने मलाई लाग्दनै’, उनले भने।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सहप्रवक्ता एवं प्रतिनिधिसभा सदस्य मनिष झाले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सदनमा सम्बोधनपछि प्रमुख प्रतिपक्षबाट सदन गतिरोध नहुने अपेक्षा व्यक्त गरे।

‘रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेले आफनै तरिकाले कार्यादेश बनाउन र निष्पक्ष अभ्यासका लागि स्वतन्त्रता दिन्छौ भनेर बोलिसक्नुभयो’, उनले भने, ‘समिति गठनपछि प्रतिपक्षबाट सदन अवरुद्ध हुँदैन भन्नेमा विश्वास छ।’

प्रकाशित: २०८१ जेठ ६ गते आईतबार ०८:३३
प्रतिक्रिया

थप समाचार

दैनिक एभोकाडो र आँप खाँदा मुटुको स्वास्थ्यमा उल्लेख्य सुधार हुने

काठमाडौं। दैनिक एउटा एभोकाडो र एउटा आँप खाँदा मुटुको स्वास्थ्यमा सुधार आउन सक्ने एक अध्ययनले देखाएको छ। अमेरिकाको इलिनोइस इन्स्टिच्युट अफ टेक्नोलोजीका अनुसन्धानकर्ताले गरेको अध्ययनअनुसार...

कर छुट नपाए ग्यास उद्योग मर्जरमा जान कठिन हुने उद्योगीको जिकिर

काठमाडौं। नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष दिवान चन्दले आयकरमा छुट तथा कानुनी सहजीकरण नहुँदा ग्यास उद्योगहरू मर्जरमा जान कठिन हुने बताएका छन्। सरकारले उद्योगहरूको संख्या घटाएर कारोबार...

इन्ट्राडे कारोबारमा लगानीकर्ताको जोखिम क्षमता जाँचिने, ब्रोकरलाई २० करोड चुक्ता पुँजी प्रस्ताव

काठमाडौँः नेपाल धितोपत्र बोर्ड (सेबोन) ले सेयर बजारमा इन्ट्राडे कारोबारलाई व्यवस्थित र नियमन गर्ने उद्देश्यसहित तयार पारेको मस्यौदा नियमावलीमा लगानीकर्ताको जोखिम क्षमता परीक्षणदेखि ब्रोकरको...

४ खर्बको बूढीगण्डकीसहित साढे २४ खर्बका आयोजना सोकेश गरिँदै [सूची]

रकारले लगानीमैत्री वातावरण निर्माणका लागि ५९ वटा कानुनको मस्यौदा तयार पारेको छ।

पूर्वाधार सम्मेलनमा १७ अर्ब डलरका परियोजना सोकेश गरिँदै

काठमाडौँ: आगामी डिसेम्बर ९ र १० मा हुने तेस्रो संस्करणको नेपाल पूर्वाधार सम्मेलन-२०२६ मा १७ अर्ब अमेरिकी डलरका परियोजनाहरु सोकेश गरिने भएको छ। पूर्वाधार विकास मन्त्रालय, नेपाल उद्योग परिसंघ...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना