काठमाडौँ- नेपाली कांग्रेसले संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीलाई विश्वासको मत लिन बाट रोक्ने भएको छ।
आइतबार कांग्रेस महामन्त्री गगनकुमार थापाले पत्रकार सम्मेलन गरी संसदीय छानबिन समिति गठन नभएसम्म प्रधानमन्त्रीले विश्वासको मत लिने बैठक पनि चल्न नदिने बताएका हुन्।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिने तयारी गरेका छन्। तर महामन्त्री थापाले जुन उद्देश्यका लागि छानबिन समिति माग गरिएको हो, त्यही अनुसार गठन भए मात्र संसद चल्न दिने बताए।


