काठमाडौँ- कांग्रेसको अवरोधपछि प्रतिनिधि सभा बैठक स्थगित १५ मिनेटका लागि स्थगित भएको छ।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेको भन्दै छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै आएको छ।
तर कांग्रेसको मागअनुसार संसदीय समिति बनाउन नसकिने अडान सत्ता पक्षका दलले राख्दै आएका छन्।
आफ्नो मागअनुसार छानबिन समिति नबनेसम्म विरोध गर्ने कांग्रेसले बताउँदै आएको छ।


