काठमाडौँ- सहकारी ठगीको आरोपमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरेर संसदीय छानबिन समिति बनाउने सहमति भएको छ।
छानबिन समितिको टीओआर बनाउनका लागि गठित कार्यदलले यो सहमति जुटाएको हो।
यद्यपि यसलाई अन्तिम रूप दिनुअघि कार्यदलले शीर्ष नेतासँग छलफल गर्ने भएको छ।
कार्यदल सदस्यसमेत रहेका महेश बर्तौलाले नेताहरूसँग छलफल गरेर फेरि कार्यदलको बैठक बस्ने बताए।
‘दुवै पक्ष आफूले राखेका प्रस्तावबाट मध्यमार्गी बाटो खोज्ने सहमति भयो,’ उनले भने, ‘सत्ता पक्षका नेताहरूसँग पनि बैठक बस्छौं, कांग्रेस पनि बैठक गर्ला।’
कार्यदलको सहमतिमा शीर्ष नेता सहमत भए छानबिन समिति बन्नेछ।
कांग्रेसले भने संसदीय छानबिन समितिको क्षेत्राधिकार टुंगो नलगाई सदन अगाडि बढ्न नसक्ने बताउँदै आएको छ।


