काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसँग ८० तोला सुन र दशौँ करोडको जग्गा जमिन रहेको देखिएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा लामिछानेले आफूसँग ८० तोला सुन उल्लेख गरेका छन्।
उनीसँग १५-२० किलो चाँदी देखाइएको छ।
लामिछानेसँग बुढानीलकण्ठ, भक्तपुरलगायतका क्षेत्रमा जग्गा छ। बुढानीलकण्ठमा रहेको जग्गा तीन करोड पचहत्तर लाख रुपैयाँ पर्ने भनिएको छ।
पत्नी निकिता र आफ्नो नाममा संयुक्त रूपमा भक्तपुरमा ११ रोपनी जग्गा छ।
पत्नीको नाममा गोपीकृष्ण कम्प्लेक्समा ८ करोड ७५ लाखको शेयर रहेकोसमेत उनले उल्लेख गरेका छन्।
४२ लाखको गाडी भने पतीपत्नी दुवैले मिलेर किनेको देखाइएको छ।
संघीय सरकारका मन्त्रीहरूको सम्पत्ति यो लिंकमा क्लिक गरी गरी हेर्न सकिन्छ।




