काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सम्पत्ति विवरण सार्वजनिक भएको छ।
मन्त्रिपरिषद्को निर्णयअनुसार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले सम्पत्ति विवरण सार्वजनिक गरेको हो।
सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री दाहालकी पत्नी सीताको नाममा भरतपुरमा १४ कट्ठाको पार्किङसहितको घरघडेरी र भरतपुर महानगरपालिका वडा नम्बर १२ मा १ कट्ठा जग्गा रहेको उल्लेख गरिएको छ।
साथै, प्रचण्डसँग ५ तोला सुन पैतृक सम्पत्ति रहेको उल्लेख छ।
प्रचण्डसँग २५ लाख नगद मौज्दात रहेको छ।
उनीसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन नभएको सम्पत्ति विवरणमा उल्लेख छ।
संघीय सरकारका मन्त्रीहरूको सम्पत्ति यो लिंकमा क्लिक गरी गरी हेर्न सकिन्छ।





