२०८३ कार्तिक २० गते बिहिबार

टीओआर कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, जेठ १०
ToR

काठमाडौँ– बिहीबार बसेको कार्यदलको बैठक फेरि पनि निष्कर्षविहीन भएको छ।

गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोपबारे छानबिन गर्न गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश टुङ्गो लगाउन गठित कार्यदलको बैठक निष्कर्षविहीन बन्ने शृंखला आज पनि कायमै रहेको हो।

बैठक आज दिउँसो ३ बजे कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा बसेको बैठकमा सत्तापक्ष र कांग्रेसले पुरानै अडान नछोडेपछि बैठक निष्कर्षविही बनेको हो।

कार्यदलमा सरकारको तर्फबाट कानूनमन्त्री पदम गिरी र नेकपा एमालेको तर्फबाट प्रमुख सचेतक महेश बर्तौला, नेपाली काँग्रेसका सहमहामन्त्री जीवन परियार र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद शिशिर खनाल रहेका छन्।

नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गरी गृहमन्त्री मुछिएको सहकारी संस्थामा पनि संसदीय समितिले छानबिन गर्नुपर्ने अडान राख्दै आएको छ।

सत्तापक्षले भने कुनै पनि हालतमा रविको नाम कार्यादेशमा राख्न नसकिने बताउँदै आएको छ।

यसअघि मंगलबारको बैठकमा आफूहरू रवि लामिछानेको नाम लेख्न पनि तयार रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यदल सदस्य शिशिर खनालले बताएका थिए। तर एमाले र माओवादीले रविको नाम लेख्ने नहुने अडान राखे।

एमाले प्रमुख सचेतक महेश बर्तौलाले व्यक्तिको नाम तोकेर छानबिन समिति बनाउन नहुने अडानमा यथावत छन्।

एमाले लचक नभएसम्म टी‌ओआर टुंगो लगाउन कार्यदललाई सकस छ। टीओआर कार्यदलमा आफूहरूको माग एकातिर भएको तर सत्ता पक्षले अर्कैतिर कुरा मोड्न प्रयास जारी राखेको कांग्रेसको आरोप छ। सरकारले झापामा आगलागी भए कञ्चनपुरमा आगो निभाउन पठाउने जस्तै कुरा गरिरहेकाले सहमति सम्भव नभएको उनको भनाइ छ।

कांग्रेसको नाराबाजीकै बीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार विपक्षीहरुलाई मार्सल (मर्यादापालक) को घेरामा पारेर विश्वासको मत लिएकाले सरकारले पेलेरै अघि जाने मनस्थिति बनाएको छ। यसपछि पनि सरकारले सदनमा पेलेरै कार्यसूची अघि बढाइरहेको छ। यसमा सभामुखले सत्तापक्षलाई भरपूर साथ दिएका छन्। सभामुखको भूमिकामा पनि कांग्रेसले शंका व्यक्त गरेको छ।

सहमतिको सम्भावना नदेखेको कांग्रेसले सडक आन्दोलनका कार्यक्रम घोषणा गरिसकेको छ। १३ गते उसले राजधानीको भृकुटीमण्डपमा बृहत् प्रदर्शनको आयोजना गर्दैछ।

कांग्रेस सदनको अवरोध खोल्न तयार नभए सरकारले अधिवेशन अन्त्य गरी अध्यादेशबाट बजेट ल्याउन सक्ने आशंका कांग्रेसले गरिरहेको छ।

प्रकाशित: २०८१ जेठ १० गते बिहिबार ०६:१३
प्रतिक्रिया

थप समाचार

आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर सर्वोच्चमा

काठमाडौँ: प्रहरी महानिरीक्षक (आईजीपी)बाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्की सर्वोच्च अदालत पुगेका छन्। आईजीपीबाट हटाउने निर्णयविरुद्ध सर्वोच्चमा रिट पुगेको हो। रिट दर्ता हुन...

‘एलपी ग्यासमुक्त पालिका’ योजना कार्यान्वयन गर्न ऊर्जामन्त्रीको निर्देशन

'नवीकरणीय ऊर्जालाई अनुदानबाट उद्यम र रोजगारीसँग जोड्नुपर्छ'

को हुन् नवनियुक्त आईजीपी केसी? किन हुँदैछ ५३ साल दोहोरिएको चर्चा?

काठमाडौँ: सरकारले दानबहादुर कार्कीलाई प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाएको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा प्रधानमन्त्रीको विशेष सुरक्षा...

मनोज केसी आईजीपी नियुक्त, दानबहादुरलाई प्रधानमन्त्रीको विशेष सुरक्षामा तानियो

काठमाडौँ: सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा गर्ने निर्णय गरेको छ। बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको एक मन्त्रीले बताए। दानबहादुर कार्कीलाई आईजीपीबाट...

एडीबीको ३७ अर्ब ९२ करोड ऋण लिने सरकारको निर्णय, मन्त्रिपरिषद्ले अन्य के निर्णय गर्‍यो?

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले  सडक सुधारका लागि उक्त सहुलियतपूर्ण ऋण लिने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिए। यस्तै २० मिलियन अमेरिकी डलर बराबरको...
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
himali_hydro
शेयर बजार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...
kalyan
ब्लग

नेपाल प्रहरी जनताको सेवक हुने कि जनताको त्रासदिमा रमाउने?

मुलुकको सुरक्षा, जनचेतना, सामाजिक न्याय र अमनचयनको विषयलाई समाजशास्त्रको दृष्टिबाट हेर्दा नेपाल प्रहरी केवल एक ‘कानुन कार्यान्वयन गर्ने निकाय’ मात्र नभई राज्यको राजनीतिक, आर्थिक र सांस्कृतिक...
dinesh thakali
बैंकिङ

डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित

काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा...
mof_building
आर्थिक नीति

सम्पादकीय: टालाटुलीले तंग्रिन्न अर्थतन्त्र, सरकारसँग ‘म्यासिभ इन्भेस्टमेन्ट प्लान’ खै?

अर्थतन्त्रलाई गति दिन व्यवसायीमा गुमेको विश्वासको वातावरण फर्काएर ल्याउन र लगानीले ठूलो धक्का (बिग पुस) दिनुपर्ने देखिएको छ। यसका लागि सरकारले अहिले नै वृहत लगानी योजना (म्यासिभ इन्भेस्टमेन्ट...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना