काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलि (सोमबार)सम्ममा सहमति हुने बताएका छन्।
सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगीको आरोप लागेकाले संसदीय छानबिन समितिको माग गर्दै कांग्रेसले वेल घेराउ गरेको रोस्टममा पुगेर प्रधानमन्त्री प्रचण्डले यस्तो उल्लेख गरेका हुन्।
सहमतिका लागि भन्दै प्रचण्ड आइतबार बिहान कांग्रेस सभापति शेरबहादुर देउवाको निवासमा पुगेका थिए।


